प्यूठान । प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले क्वाडी बाग्दुला सडक विस्तारका लागी आफ्नै घर भत्काएर सुरु गरेका छन् । प्युठान नगरपालिकाको समन्वयमा सडक डिभिजन कार्यालय प्युठानले सडक केन्द्र रेखाबाट दायाँ बायाँ ७.५–७.५ मिटर गरी १५ मिटर चौडा बनाउने योजना अनुसार काम सुरु भएको हो ।
सडक फराकिलो होस भनेर आफ्नो घर भत्काएर सडक विस्तार कार्य सुरु गरेको नगर प्रमुख योगीले बताए । ‘सडक नभए समृद्धी नै हुदैन, विकास नै हुदैन । गाडीहरुको जाम त्यत्तीकै हुने । दुर्घटना पनि भई नै राख्ने । त्यसकारण सडक विस्तार गर्नु पर्यो ।’ उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology