Logo

२०८३, कार्तिक २९गते


images
images

सिमरामा आजको प्रदर्शन स्थगित : शुक्रवार वार्ता हुने

सिमरामा आजको प्रदर्शन स्थगित : शुक्रवार वार्ता हुने

images
  • सिमरामा आजको प्रदर्शन स्थगित : शुक्रवार वार्ता हुने
    images

    बारा । बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको आजको प्रदर्शन स्थगित भएको छ ।

    images
    images
    images

    कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासनपछि आजको प्रदर्शन स्थगित गरिएको छ । प्रदर्शन स्थगित भएसँगै अवरुद्ध भएका सडक सुचारु भएका छन् । 

    images
    images
    images

    जेनजी युवाहरुले प्रशासनसँगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताएका छन् । जेनजी युवाहरुले शुक्रवार प्रशासनसँग वार्ता गर्ने भएका छन् । 

    images
    images

    आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग राख्दै जेनजी युवाले बिहीबार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीसँग झडपसमेत भएको थियो। झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए । सो क्रममा प्रहरी हवाई फायरसमेत गरेको थियो । 

    बुधवार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो । त्यसपछि सिमरा अशान्त बनेको छ ।

    प्रशासनले आज दिउसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु लगाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिमरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।