Logo

२०८३, कार्तिक २९गते


images
images

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

images
  • मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना नभएपछि पदबाट राजीनामा दिएको बताए ।

    images
    images

    सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि काँग्रेस नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

    नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

    १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।

    मुख्यमन्त्री यादवको राजीनामा सँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । अब एमाले, नेकपा र जसपा नेपाल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।