Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार

images
  • मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार विस्तार गर्दै १२ सदस्यीय मन्त्रिपरिषद्को गठन गरेका हुन् ।

    images
    images
    images

    यसअघि सोमबार नै मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी भएपनि सत्ता गठबन्धन दलमा भागबण्डा नमिले पछि रोकिएको थियो ।

    images
    images
    images

    मंगलबार साँझ विस्तार गरिएको मन्त्रिपरिषद्‌मा नेकपा एमालेलाई ४ र नेकपालाई थप एक अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    एमालेबाट शारदा थापालाई श्रम तथा यातायात, मनोज सिंहलाई शिक्षा तथा संस्कृति, लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र मोहम्मद समिरलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    यस्तै, नेकपाबाट संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपाले यसअघि नै तीन मन्त्रालयको जिम्मेवारी सम्हालेको छ ।

    त्यस्तै मुख्यमन्त्री कृष्णप्रसाद यादवले कांग्रेसको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालयका मन्त्री जंगीलाल राईलाई हटाएर त्यो ठाउँमा कांग्रेसकै सांसद नागेन्द्र साहलाई स्वास्थ्यमन्त्री बनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।