Logo

२०८३, आश्विन ११गते


images
images

प्राकृतिक प्रकोप

भियतनाममा अविरल वर्षा र बाढीले कम्तीमा ४१ जनाको मृत्यु

भियतनाममा अविरल वर्षा र बाढीले कम्तीमा ४१ जनाको मृत्यु

images
  • भियतनाममा अविरल वर्षा र बाढीले कम्तीमा ४१ जनाको मृत्यु
    images
    images

    काठमाडौँ । भियतनामको मध्य क्षेत्रमा अविरल वर्षा र बाढीका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने ९ जना अझै बेपत्ता भएको राज्य सञ्चालित मिडियाले जनाएको छ । तीन दिनयता परेको वर्षाले ५२ हजारभन्दा धेरै घर डुबानमा परेका छन् र ५ लाखभन्दा बढी घरधुरी तथा व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।

    images
    images
    images

    केही क्षेत्रमा वर्षा १.५ मिटरभन्दा बढी पुगेको छ, भने कतिपय स्थानमा पानीको सतह १९९३ को ५.२ मिटरको बाढीस्तरभन्दा पनि माथि पुगेको बताइएको छ । भियतनाम पछिल्ला महिनामा तीव्र मौसमजन्य घटनाबाट धेरै प्रभावित भएको छ। केही हप्ताभित्रै आएका काल्मेगी र बुआलोई नामक दुई वटा तुफानले ठूलो जनधनको क्षति पुर्याएका थिए ।

    images
    images
    images

    स्थानीय मिडियामा प्रकाशित तस्बिर तथा भिडियोहरूमा मानिसहरू घरका छानामा बसेर उद्धारको प्रतीक्षा गरिरहेको देखिन्छ । एक भिडियोमा लाम डोङ प्रान्तको एक झोलुङ्गे पुल बाढीले उखेलिएको देखिन्छ ।

    images
    images
    images

    मिमोसा पास नामक डाँडाकुटी बाटो भासिँदा डा लाट जाने मुख्य मार्ग पूर्ण रूपमा अवरुद्ध भएको र एक बस झण्डै खाडलमा खस्ने अवस्थाबाट जोगिएको छ । सेना र प्रहरी परिचालन गरेर दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

    स्रोत :BBC 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अविरल वर्षा र बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।