Logo

२०८३, आश्विन ११गते


images
images

मिस युनिभर्स

मेक्सिकोकी फातिमा बोशले जितिन् मिस युनिभर्सको उपाधि

मेक्सिकोकी फातिमा बोशले जितिन् मिस युनिभर्सको उपाधि

images
  • मेक्सिकोकी फातिमा बोशले जितिन् मिस युनिभर्सको उपाधि
    images
    images

    काठमाडौँ । मेक्सिकोकी फातिमा बोश फर्नान्डेजले मिस युनिभर्स २०२५ को उपाधि जितेकी छिन् । 

    images
    images
    images

    २५ बर्षिय फातिमा बोशले उपाधि जित्दा मिस युनिभर्स २०२५ मा, थाइल्याण्डकी प्रतिस्पर्धी प्रविनर सिंहले दोस्रो स्थान हासिल गरिन् भने भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थान हासिल गरिन् । फिलिपिन्सकी अतिसा मनालो चौथो स्थान हासिल गरिन् र आइभरी कोस्टकी ओलिभिया यासे पाँचौं स्थान हासिल गरिन् ।

    images
    images
    images

    चार राउन्ड पछि, शीर्ष ५ मा थाइल्याण्डकी प्रविनर सिंह, फिलिपिन्सकी अतिसा मनालो, भेनेजुएलाकी स्टेफनी अब्साली, मेक्सिकोकी फातिमा बोश फर्नान्डेज र आइभरी कोस्टकी ओलिभिया यासे समावेश थिए ।

    images
    images
    images

    शीर्ष पाँच प्रतिस्पर्धीहरू बीच प्रश्नोत्तर राउन्ड आयोजना गरिएको थियो । मेक्सिकोकी फातिमा बोशलाई सोधिएको थियो- 'तपाईंको विचारमा, २०२५ मा महिला हुनुका चुनौतीहरू के के छन्, र विश्वभरका महिलाहरूका लागि सुरक्षित ठाउँ सिर्जना गर्न तपाईं मिस युनिभर्सको उपाधि कसरी प्रयोग गर्नुहुन्छ ?'

    जवाफमा, फातिमा बोशले भनिन्- एक महिला र मिस युनिभर्सको रूपमा, म मेरो आवाज र मेरो शक्ति अरूको सेवा गर्न प्रयोग गर्नेछु, किनकि आजको समयमा, हामी यहाँ बोल्न, परिवर्तन ल्याउन र चीजहरू स्पष्ट रूपमा हेर्न आएका छौं। हामी महिला हौं, र यो साहसी महिलाहरू हुन् जसले खडा हुन्छन् र इतिहास बनाउँछन् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिस युनिभर्स २०२५
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।