देवदह । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई पक्राउ गर्नु पर्ने माग गर्दै देवदह शित्तलनगरमा चक्काजाम गरिएको छ । गत बुधबार भएको दुर्घटनामा मोटरसाइकलाई ठक्कर दिने बस चालकलाई तत्काल पक्राउ गर्न माग गर्दै देवदह शित्तनगरस्थित पूर्वपश्चिम राजमार्गमा करिब ३० मिनेट चक्काजाम गरिएको हो ।
दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२, ००१ ख ००४५ नं को बसले लु २९ प १५९१ नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पाल्पा बगनासकाली गाउँपालिका-९ का २२ वर्षीय सौरव विक घाइते भएका थिए । घाइते बिकको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा बिहिर मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै फरार भएका बस चालकलाई तीन दिन वित्दा पनि पक्राउ नगरिएको भन्दै स्थानीय आक्रोसित भएका हुन् । शनिबार (भोलि) ११ बजे सम्म पनि पक्राउ नगरे आन्दोलनका चर्काउने स्थानीयले बताएका छन् । अहिले स्थानीय घर फर्केपछि निर्वाध रुपमा सवारी आ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology