Logo

२०८३, कार्तिक २९गते


images
images

देवदह दुर्घटना

मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई पक्राउ गर्नु पर्ने माग गर्दै देवदहमा चक्काजाम

मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई पक्राउ गर्नु पर्ने माग गर्दै देवदहमा चक्काजाम

images
  • मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई पक्राउ गर्नु पर्ने माग गर्दै देवदहमा चक्काजाम
    images

    देवदह । मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई पक्राउ गर्नु पर्ने माग गर्दै देवदह शित्तलनगरमा चक्काजाम गरिएको छ । गत बुधबार भएको दुर्घटनामा मोटरसाइकलाई ठक्कर दिने बस चाललाई तत्काल पक्राउ गर्न माग गर्दै देवदह शित्तनगरस्थित पूर्वपश्चिम राजमार्गमा करिब ३० मिनेट चक्काजाम गरिएको हो ।

    images
    images
    images

    दाङबाट काठमाडौं जाँदै गरेको लुम्बिनी प्रदेश ०२, ००१ ख ००४५ नं को बसले लु २९ प १५९१ नं को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पाल्पा बगनासकाली गाउँपालिका-९ का २२ वर्षीय सौरव बिक घाइते भएका थिए । घाइते बिकको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा बिहिर मृत्यु भएको थियो ।

    images
    images
    images

    दुर्घटना लगत्तै बस चालक फरार भएका थिए । दुर्घटना भएको तीन दिन सम्म पनि चालकलाई पक्राउ नगरिएको भन्दै स्थानीय आक्रोसित भएका हुन् । शनिबार (भोलि) ११ बजे सम्म पनि पक्राउ नगरे आन्दोलनका चर्काउने स्थानीयले बताएका छन् । स्थानीय घर फर्केपछि अहिले सडक सुचारु भएको प्रहरीले जनाएको छ ।

    images
    images

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।