लुम्बिनी । लुम्बिनी होटल संघ नेपालको अध्यक्षमा लिलामणि शर्मा निर्वाचित भएका छन् । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा सम्पन्न भएको सातौ बार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जसको बरिष्ठ उपाध्यक्षमा शेखर कार्की, उपाध्यक्षमा भुपेन्द्र गुरूङ, महासिचव टीका कुमारी कट्टेल निर्वाचित भएका छन् । यसैगरि सचिवमा एकराज कंडेल, कोषाध्यक्ष दीपक पंगेनी, सहकोषाध्यक्षमा धिरज भण्डारी निर्वाचित भएको निर्वाचन समिति संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।
यसैगरि सदस्यहरूमा पदमा काफ्ले न्यौपाने, प्रजुल कार्की क्षेत्री, दीपेन्द्रलाल बाँनिया, अशोक कुमार गुप्ता, किशोर यादव, अनिल कुमार गुप्ता, रोजन शाक्य र जनकबहादुर सोमै मगर निर्वाचित भएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले पर्यटनको माध्यमबाट देश विकास गर्न सकिने बताए । बुद्ध जन्मेको देशका हामीले बुद्ध मार्ग अनुशरण नगर्दा सामाजिक रुपमा समस्या देखिएको बताए । उनले पर्यटन विकासका लागि एकताबद्ध हुनु पर्नेमा जोड दिए । के पाएँ भन्दा पनि के योगदान गर्न सकेँ भनेर सोच्न सकियो भने सामाजिक रुपान्तरण हुने बताए ।
पूर्व मन्त्री सिके गुप्ताले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सकारबिच समन्वयको आवश्ता औल्याए । कतिपय कामहरु समन्वयको अभावका कारण हुन नसकेको स्मरण गर्दै समन्वय साथ अघि वढ्नु पर्नेमा जोड दिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यवहाक प्रमुख कल्पना हरिजनले लुम्बिनी क्षेत्रको विकासका लागि होटल व्यवसायि जस्ता निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताइन् । उनले सबै क्षेत्रसंग सहकार्य गरेर अघि वढ्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रिय क्याम्पस प्रमुख दयानिधि गौतम, उद्योग बाणिज्य संघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्वार्थ होटल एसोसिएशनका अध्यक्ष सिपि श्रेष्ठले बोल्दै भैरहवा स्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुदा मात्रै लुम्बिनी चलायमान हुने बताए । लुम्बिनीमा पर्यटक सेवा गरेका होटल व्यवसायीहरू एकजुट भएर करिब १६ बर्षअघि लुम्बिनी होटल संघ नेपाल गठन भएको थियो । ७ बर्षदेखि विधिवत दर्ता भएको संघमा ७८ वटा होटलहरू आबद्व भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology