भैरहवा । लेखक तथा वरिष्ठ साहित्यकार कपिल लामिछानेको पाँच लघुकथा सङ्ग्रहको एकैपटक लोकार्पण तथा परिचर्चा गरिएको छ । जाती आमा , आफ्नै ठाउँ , भकुन्डे भूत, दुम्सीलाई तक्मा र बिरालाको लोकतन्त्र लघुकथा एकै दिन लोकापर्ण गरिएको हो ।
प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा भैरहवामा शनिबार भएको कार्यक्रममा लुम्विनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी, . नारायणप्रसाद पन्थ, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज मट्टराई, सिर्जनशील साहित्यिक समाजका अध्यक्ष सरु ज्ञवाली, शहीद स्मृति पुस्तकालयका अध्यक्ष रुद्र ज्ञवाली, भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष विजय सागर र प्रसिद्ध साहित्यकार बनमाली निराकारले सयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
लेखक लामिछानेका अनुसार एकै लेखकका पाँच लघुकथासङ्ग्रहहरूको एउटै मञ्चमा लोकार्पण र परिचर्चा भएको यो पहिलो परिघटना हो ।
डा. शालिकराम पौड्याल, डा. प्रेम तिवारी र डा. त्रिभुवन बरईले लोकार्पित कृतिको समीक्षा तथा परिचर्चा गर्दै पर्यावरणीय सचेतना, सामाजिक–सांस्कृतिक रूपान्तरण तथा स्वस्थ लोकतान्त्रिक राजनीतिक चेतना दिन यी कृति सक्षम रहेको निष्कर्ष प्रस्तुत गरे ।
उनिहरुले स्वस्थ मनोरञ्जन, सकारात्मक सन्देश, व्यावहारिक ज्ञान, पर्याप्रेम र देशभक्तिका निमित्त यी सङ्ग्र्रह स्कुले बालबालिका र तिनका अभिभावक समेतले पढ्नैपर्ने पुस्तक रहेको स्पष्ट पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology