काठमाडौं । रेडियो अडियो सञ्चालक दिपेन्द्र खनियाँ मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार खनियाँ बानेश्वरस्थित घरमा मृत अवस्थामा फेला परेका हुन् ।
‘आइतबार मध्यान्ह १२ बजेतिर घरको बरन्डामा तारको पासो लगाएर झुन्डिएको अवस्थामा उहाँको मृत शरीर भेटिएको छ,’ भट्टराईले भने । अहिले घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology