Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया

images
  • भारतीय रक्षामन्त्री राजनाथको अभिव्यक्ति बारे पाकिस्तानको कडा प्रतिक्रिया
    images
    images

    काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिव्यक्ति विवादमा परेको छ । राजनाथ सिंहले पाकिस्तानको सिन्ध प्रान्त भारतमा फर्किन सक्ने विवादित बयान दिएपछि पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

    images
    images
    images

    पाकिस्तानको विदेश मन्त्रालयले आइतबार भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानको निन्दा गरेको छ । मन्त्रालयले उनको 'खतरनाक रूपमा विकृत' बयानले विस्तारवादी मानसिकता प्रतिबिम्बित गरेको बताएको छ ।

    images
    images
    images

    राजनाथ सिंहले भनेका थिए- 'सिन्धको भूमि आज भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट यो सधैं भारतको हिस्सा रहनेछ। जहाँसम्म भूमिको सवाल छ, सीमाहरू परिवर्तन हुन सक्छन् । कसलाई थाहा छ, सिन्ध भोलि भारतमा फर्कन सक्छ ।'

    images
    images
    images

    राजनाथ सिंहको बयानको बारेमा पाकिस्तानले भन्यो- 'यस्ता बयानहरूले स्थापित वास्तविकताहरूलाई चुनौती दिने र अन्तर्राष्ट्रिय कानून, मान्यता प्राप्त सीमाहरू र देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गर्ने विस्तारवादी हिन्दुत्व मानसिकतालाई प्रतिबिम्बित गर्दछ ।'

    पाकिस्तानको विदेश मन्त्रालयले भन्यो- 'हामी राजनाथ सिंह र अन्य भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति र स्थिरतालाई खतरामा पार्ने उत्तेजक बयान दिनबाट टाढा रहन अपील गर्दछौं ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।