Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार

माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार : निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा

माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार : निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा

images
  • माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा भ्रष्टाचार : निर्माण कम्पनि र १० कर्मचारीविरुद्ध मुद्धा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयो अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसमेत १० जना र ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्सविरुद्ध मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियारले नगरपालिकाको लग्मा बजारस्थित पोखरीको माटो पुर्ने तथा घाट निर्माण गर्ने कार्यमा २९ लाख ४४ हजार १३७ अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    मुद्धा दायर गरिएकोमा कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइत, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार सढान, लेखापाल संजिव कुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव, नगरपालिका धनुषाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन रहेका छन् । त्यस्तै ईन्फ्रास्ट्रक्चर एस एण्ड बि विल्डर्स र कम्पनीका अध्यक्ष सन्तोष कुमार यादव समेत रहेको अख्तियारले जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले सबैविरुद्ध २९ लाख ४४ हजार १३७ बराबरको बिगो दाबि गर्दै कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।