देवदह । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि चयन हुन रस्साकसी सुरु भएको छ । सहमतिमा महाधिवेशन प्रतिनिधि चयन हुन नसकेपछि एमाले रुपन्देही क्षेत्र नं. १ मा आज (शनिबार) बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ। पार्टीको ११औं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न तर्फबाट परेको उम्मेदवारी संख्या बढी भएपछि निर्वाचनमार्फत प्रतिनिधि छान्ने निर्णय गरिएको हो।
खुला तर्फ ३ सिटका लागि १० जना, महिला तर्फ २ सिटका लागि ४ जना र युवा तर्फ १ सिटका लागि २ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार सबै तयारी पूरा भइसकेको र निर्धारित समयमा मतदान सुरु हुनेछ।
मतदान सम्पन्न भएपछि परिणाम आजै सार्वजनिक हुने अनुमान गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology