Logo

२०८३, आश्विन ११गते


images
images

एभियन इन्फ्लुएन्जा

युरोप र उत्तरी अमेरिकामा बर्डफ्लू द्रुत गतिमा फैलिदै

युरोप र उत्तरी अमेरिकामा बर्डफ्लू द्रुत गतिमा फैलिदै

images
  • युरोप र उत्तरी अमेरिकामा बर्डफ्लू द्रुत गतिमा फैलिदै
    images
    images

    काठमाडौँ  । युरोप र उत्तरी अमेरिकामा बर्ड फ्लू (अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा) द्रुत गतिमा फैलिरहेको छ । जंगली चराहरू र कुखुरा फार्महरूमा यसको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

    images
    images
    images

    नोभेम्बर १८ सम्म, संयुक्त राज्य अमेरिकाका १०७ स्थानहरूमा बर्ड फ्लू पुष्टि भएको छ । बर्ड फ्लूका कारण सेप्टेम्बरदेखि संयुक्त राज्य अमेरिका र क्यानडामा लगभग १ करोड ६० लाख कुखुरा मार्नु परेको छ ।

    images
    images
    images

    सेप्टेम्बरदेखि नोभेम्बरसम्म, २६ युरोपेली देशहरूमा जंगली चराहरूमा फ्लूका १४ सय ४३ केसहरू रिपोर्ट गरिएको थियो, जुन गत वर्षको तुलनामा चार गुणा बढी र २०१६ पछिको सबैभन्दा बढी हो ।

    images
    images
    images

    जर्मनीले तीन वर्षमा सबैभन्दा धेरै केसहरू रिपोर्ट गरेको छ । यसैबीच, फ्रान्सले अक्टोबरमा राष्ट्रव्यापी उच्च सतर्कता घोषणा गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एभियन इन्फ्लुएन्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।