काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रवार सुन तोलाको २ लाख ५० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर ३४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रवार चाँदी तोलाको ३३४५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology