Logo

२०८३, आश्विन ११गते


images
images

क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु

क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु

images
  • क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सीएनएनका अनुसार एक बच्चाको जन्मदिनको पार्टीमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ १० जना घाइते भएका छन् । शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा सो घटना भएको बताइएको छ ।

    images
    images
    images

    गोली चलाउनुको कारण र गोली चलाउने व्यक्तिको पहिचान अज्ञात रहेको छ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार, कुल १४ जनालाई गोली लागेको थियो, जसमध्ये चार जनाको अस्पतालमा मृत्यु भयो । घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले सुरुमा जन्मदिनको पार्टीमा पटाका पड्किएको ठानेको तर पछि मात्र गोली चलेको महसुस गरेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।