देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि देवदह- ३ ले जितेको छ । आईतवार भएको फाईनल खेलमा रामग्राम किंग्सलाई ४ विकेटले पराजित गर्दै देवदह- ३ ले जित हासिल गरेको हो ।
कार्तिक २९ गते बाट सुरु भएको प्रतियोगितामा ३२ टिमहरुको सहभागिता रहेकाे थियाे ।
देवदह ३ स्थित पुष्पानन्द मेमोरियल पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको रामग्राम किंग्सले १९ दशमलभ २ ओभरमा अल आउट हुदै १२६ रन बनायो । टिमका लागि विश्वजित (मोनु) र घनश्यामले ३१-३१ रन जोडे भने गोलुले २१ रनको योगदान गरे। देवदह ३ का लागि प्रकाश भण्डारी र धिरुले ३-३ विकेट, गोबिन्द चौधरीले २, रुपेश कुर्मी र प्रदीपले १-१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देवदह- ३ ले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टिमका लागि प्रकाश भण्डारीले ३३ रन, रुपेश कुर्मीले अभिजित २७ रन, अजय पाण्डेले २२ रन जोडे । बलिङमा रामग्रामका गुड्डु यादवले ३ विकेट, मन्जित हरिजनले २ विकेट र अनिल यादवले १ विकेट लिए ।
उपाधि जितेसंगै देवदह- ३ ले नगद ५० हजार, शिल्ड र मेडल प्राप्त गर्यो भने उप विजेता रामग्रामले नगद ३० हजार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
विजेता र उपविजेता टिमका खेलाडीहरूलाई देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, देवदह १ का वडा अध्यक्ष दिपक नेपाल लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी देवदह ३ का प्रकाश भण्डारी घोषित भए । उनले प्रतियोगितामा ८१ रन र ९ विकेट लिएका थिए । त्यस्तै देवदह ३ कै अजय पाण्डेले प्रतियोगितामा ११५ रन लिएर उत्कृष्ट व्याट्समेन र १३ विकेट लिदै रुबिस कुर्मी उत्कृष्ट बलर घोषित भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology