Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन आयोगको पछिल्लो निर्णयले एमालेको चुनाव चिन्ह 'सूर्य' रहनेमा आशंका !

निर्वाचन आयोगको पछिल्लो निर्णयले एमालेको चुनाव चिन्ह 'सूर्य' रहनेमा आशंका !

images
  • निर्वाचन आयोगको पछिल्लो निर्णयले एमालेको चुनाव चिन्ह 'सूर्य' रहनेमा आशंका !
    images
    images

    काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयले देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले) को 'सूर्य' चिन्ह रहनेमा आशंका पैदा गरेको छ । आयोगको पछिल्लो निर्णय कार्यान्वयन भए एमालेले उक्त चिन्ह पुनरावलोकन गर्नुपर्ने हुनसक्छ । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ ।

    images
    images
    images


    केही संचारमाध्यममा आएका समाचार अनुसार निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह 'गाई' हटाउन भनी पठाएको पत्रलाई आधार मानेर एमालेको चुनाव चिन्ह सूर्य पनि पुनरावलोकन गर्न निर्वाचन आयोगले पत्र काट्न सक्ने औल्याईएको छ ।

    images
    images
    images


    निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा निर्वाचन आयोगले राप्रपालाई लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ ।

    images
    images
    images


    आयोगको यो पत्रका आधारमा राप्रपा अदालत जाने भएको छ । यो मुद्दा अब अदालतमा जाने भएकाले आयोगको निर्णयको पक्षमा फैसला भएर आदेश भएमा राप्रपाको गाई चिन्ह मात्र नभई एमालेको सूर्य चिन्ह समेत बदर हुने भएको छ ।


    अब चुनाव चिन्हको विषयमा अदालतमा अलमल हुने भएकाले पनि प्रतिनिधि सभा चुनाव धकेलिने सम्भावना रहेको बुझिएको छ । अदालतले यसबारे गर्ने निर्णयको ढिलोचाँडोले प्रतिनिधि सभा चुनाव मात्र नभई स्थानीय चुनाव र प्रदेश सभा चुनावको मिति समेत प्रभावित हुने सम्भावना छ ।


    राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।