देवदह । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) रुपन्देहीले आयोजना गर्ने जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताका लागि देवदहबाट बुद्धपब्लिक ईङ्गलिस बोर्डिङ स्कुल छनौट भएको छ ।
रुपन्देहीको देवदहमा भएको छनौट चरणको प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै बुद्ध पब्लिकले जिल्लामा देवदहको प्रतिनिधित्व गर्ने भएको हो ।
प्याब्सन देवदह अन्तर्गतका ५ वटा माध्यमिक विद्यालय सहभागी प्रतियोगितामा एसियन लाइट ईङ्गलिस बोर्डिङ स्कुल द्धितिय र ग्रीन प्लान्ट आवासिय माविले तृतिय स्थान हासिल गरेका छन् ।
प्याब्सन रुपन्देही अन्तर्गत जिल्लामा १३ वटा पालिकामा शाखा रहेका छन् । प्रतियोगिताका लागि प्रत्येक पालिकाबाट छनौट चरणमा प्रथम हुने विद्यालय जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने प्याब्सन देवदहका अध्यक्ष रामबहादुर ग्ुरुङ्गले जानकारी दिए । ‘१३ वटा पालिका मध्ये १० वटा पालिकाबाट १÷१ विद्यालय सहभागि हुनेछन् ।’ उनले भने, ‘विद्यालय संख्या धेरै भएका बुटवल र तिलोत्तमाबाट ३÷३ जना र सिद्धार्थनगर नगरपालिकाबाट २ वटा विद्यालय सहभगी हुन पाउनेछन् ।’ जिल्लाको प्रतियोगिता आगामी पुस ४ गते हुने गुरुङले बताए ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनाल, सचिव बोधराज गौंडेल लगाएतले बोल्दै विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटनका लागी प्रतियोगिता सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
प्याब्सन देवदहका सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा भएको प्रतियोगितामा सुन्दर गुरुङ र लोकेन्द्र शाहले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology