Logo

२०८३, श्रावण ३०गते


images
images

घटेन भ्रष्टाचार, ३३ अङ्कसहित यो बर्ष पनि नेपाल एक सय १७औँ स्थानमै

घटेन भ्रष्टाचार, ३३ अङ्कसहित यो बर्ष पनि नेपाल एक सय १७औँ स्थानमै

images
  • घटेन भ्रष्टाचार, ३३ अङ्कसहित यो बर्ष पनि नेपाल एक सय १७औँ स्थानमै
    images
    images

    काठमाडौं । बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ ।

    images
    images
    images

    भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी एक सय १७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।

    images
    images
    images

    सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।

    images
    images
    images

    सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।

    ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ ।  विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

    यस वर्षको सूचकाङ्कमा समावेश भएका एक सय ८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले एक सय पूर्णाङ्कमा समान ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेका छन् । यस्तै दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।

    दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०/४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।