Logo

२०८३, आश्विन ३गते


images
images

विद्यालय गतिविधि

देवदह बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिता

देवदह बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिता

images
  • देवदह बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिता
    images
    images

    देवदह । देवदह ईङ्गलिस बोर्डिङ स्कूलमा अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार खुल्ला क्विज, अन्तर सदनात्मक व्याडमिन्टन र टेबल टेनिस प्रतियोगिता भएका छन् । 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत कक्षा १ देखि ३ का विद्यार्थीहरूबीच सम्पन्न खुल्ला क्विजमा टिम सी बाट ईनाएत डुम्रे, प्रिन्स के.सी र आश्वीन न्यौपानेको समूह प्रथम, टिम बीबाट दिपशन चापागाई, आदित्य ज्ञवाली र प्रसिद्धि के.सीको समूह द्वितीय तथा टिम ए बाटै सोफिया थापा, सुधा काफ्ले र अर्पण चापागाईको समूहले तृतीय स्थान हासिल गरे । 

    images
    images
    images

    व्याडमिन्टनतर्फ कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरूबीच भएको प्रतिस्पर्धामा रेड हाउसकी अञ्जली परियार प्रथम रेड हाउसकै सौम्या न्यौपाने द्वितीय हुन सफल भइन् । 

    images
    images
    images

    यस्तै कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूबीच सम्पन्न टेबल टेनिस प्रतियोगितामा ग्रीन हाउसका उज्वल थापा र अभिनाश कुमाल प्रथम र रेड हाउसका विवस सारु र निशान्त ढुङ्गाना द्वितीय भए । 

    सोहि अवसरमा बोल्दै विद्यालयका कार्यवाहक प्राचार्य तथा कार्यक्रमका अध्यक्ष मनबहादुर क्षेत्रीले खेलकुद र अतिरिक्त गतिविधिहरूले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुबाट विद्यार्थीमा नेतृत्व क्षमता, सहकार्य, अनुशासन र आत्मविश्वास जस्ता महत्वपूर्ण गुणहरू विकास हुने उल्लेख गरे । 

    प्रतियोगिताहरु विद्यालयका खेल शिक्षक युवराज पौडेलको संयोजनमा भएको विद्यालयका लेखापाल माधव आचार्यले जानकारी दिए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बोर्डिङ स्कूल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।