Logo

२०८३, आश्विन ३गते


images
images

विद्यालय गतिविधि

देवदह बोर्डिङ स्कूलमा प्रतियोगितात्मक कार्यक्रमहरु

देवदह बोर्डिङ स्कूलमा प्रतियोगितात्मक कार्यक्रमहरु

images
  • देवदह बोर्डिङ स्कूलमा प्रतियोगितात्मक कार्यक्रमहरु
    images
    images

    देवदह । देवदह ई-बो स्कूल देवदह ७ मा सदनात्मक दोहोरी प्रतियोगिता कार्यक्रम भएको छ । सुनौलो बाल क्लबको आयोजनामा भएको कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत पहिलो चरणमा फाल्गुन ११ गते चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । कक्षा १ र २ बीच सम्पन्न कक्षागत चित्रकला प्रतियोगितामा कक्षा २ ‘रोज’ की मुस्कान थापा प्रथम, कक्षा २ ‘लिलि’ का सृयान साहु द्वितीय तथा कक्षा १ ‘लिलि’ का डुकुल सिंजाली तृतीय हुन सफल भए ।

    images
    images
    images

    त्यसैगरी कक्षा ३, ४ र ५ का विद्यार्थीहरूबीच भएको अन्तर सदनात्मक चित्रकला प्रतियोगितामा पहेलो सदनकी अनुष्का पाण्डे प्रथम, निलो सदनका आभाष जैसी द्वितीय तथा रातो सदनका निकोल चापागाई तृतीय भए ।

    images
    images
    images

    दोस्रो चरण अन्तर्गत फागुन १८ गते कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूबीच अन्तर सदनात्मक लोक दोहोरी प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगितामा हरियो सदनका अनुश्रा पौडेल, दीया वि.क., सागर काफ्ले र उज्ज्वल थापा प्रथम भए । 

    दीया न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको निर्णयक मण्डलमा सुमन गुरुङ, दुर्गा तिवारी बस्याल र भगवती तिवारी रहेका थिए । 
    प्रतियोगितामा वाद्यवाचनतर्फ शिशिर काफ्ले, सुधन काफ्ले, उज्ज्वल काफ्ले, वैभव थापा, इशान पौडेल तथा रिदम के.सी.को महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

    विद्यार्थी आयुष उपाध्यायको सञ्चालमा भएको कार्यक्रम र प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका साथै कला र संस्कृतिप्रति रुची अभिवृद्धि गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह बोर्डिङ स्कूल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।