Logo

२०८३, आश्विन ९गते


images
images

बलेटक्सारमा खुल्यो सुविधा सम्पन्न होटेल 'रुरु रेसुङ्गा'

बलेटक्सारमा खुल्यो सुविधा सम्पन्न होटेल 'रुरु रेसुङ्गा'

images
  • सेतोमसी सहकर्मी
  • बलेटक्सारमा खुल्यो सुविधा सम्पन्न होटेल 'रुरु रेसुङ्गा'
    images
    images

    कृष्ण अन्जान,बलेटक्सार। आजभाेलि हरेक वृतमा समृद्धि कसरी हासिल गर्ने भन्ने बारेमा चर्चा परिचर्चा हुने गरेकाे छ । मुलुक समृद्ध भयाे भने जनता शुखि हुन्छन् तर समृद्धि कसरी हासिल हुन्छ यसबारेमा बहस हाेईन व्यवहार चाहिन्छ ।

    images
    images
    images

    पछिल्लो समय गाउँघर तिर पनि दुईचार वटा कुखुरा एक दुईवटा बाख्रा र एउटाे भैँसि पालेर चाेक चौपारी तिर समृद्धिकाे गफ हाँक्ने हरुपनि धेरै छन तर यसैलाई समृद्धि मानिँदैन ।
         
    समृद्धि व्यक्ति केन्द्रित हाेईन समाज र देश केन्द्रित हुनुपर्छ  यहि बुझेका रुरुक्षेत्र गाउँ पालिका वडा न ५ का समाजसेवी युवा पदम श्रेष्ठ यतिबेला समाजसेवा र व्यवसायमा केन्द्रित छन।
    युवा समाजसेवी श्रेष्ठ बम्घा क्षेत्रका गनिएका राजनितिज्ञ र समाजसेवि हुन र सँगसँगै युवा व्यवसायी पनि र नेकपा एमाले वडा नम्बर ५ का पार्टी अध्यक्ष समेत रहेका श्रेष्ठ वडाध्यक्षका बलिया दावेदार समेत हुन ।
       
     विकास निर्माणमा राम्रै काम गर्दै अाईरहेका उनले यहि माघ १ गते देखि बलेटक्सारकाे नयाँ बजारमा अाफ्नै घरमा टक्सार बजारकै एकमात्र सुविधा सम्पन्न हाेटल सन्चालनमा ल्याएर अाफुलाई हाेटल व्यवसायीकाे रुपमा पनि प्रस्तुत गरेका छन ।
       
    बलेटक्सारकाे नयाँ बजार पेट्रोल पम्प नजिकै तानसेन तम्घास माेटरबाटाेकाे माथिल्लो पट्टी श्रेष्ठको रुरु रेसुँगा हाेटल एण्ड लज भर्खरै  खुलेकाे छ ।
        
    मुख्यत  बलेटक्सारकाे ऋष्यश्रृँग्यकाे अास्रम लेक तथा बलेटक्सार बम्घा क्षेत्रमा अाउने अान्तरिक तथा वाह्य पर्यटकहरुलाई केन्द्रित गरि याे हाेटल सन्चालनमा ल्याईएकाे भनाई श्रेष्ठको छ ।
        
    बलेटक्सार र बम्घा क्षेत्रमा अाउने पर्यटक हरु कि बास बस्न रिडी यात तम्घास जानू पर्ने बाध्यतालाई केही हदसम्म याे हाेटल सन्चालनले ताेड्ने विश्वास लिईएकाे छ ।
      
    हाेटलमा अट्याच सहित चिसाे र तातोपानी अाउने ८ वटा सुविधा सम्पन्न काेठाहरु छन भने करिव सत्तरी जना अटाउने सभा सेमिनार हल पनि उपलब्ध छ ।
      
    बलेटक्सार बाह्रमास एकनास मौसम रहने हुँदा पनि यहाँ वास बस्न अत्यन्तै उपयुक्त मानिन्छ ।
       
     हाेटलमा हाल नेपाली खानाका साथै अर्डर अनुसार इण्डियन चाईनिज र कन्टिनेन्टल खाना पनि उपलब्ध छ भने मम चाउमिन लगाएतका अर्डर अनुसारकाे नास्ता समेत पाईन्छ 
    स्वच्छ र सफा सँगै शान्त बाताबरणकाे हाेटल रुरु रेसुँगा हाेटल एण्ड लजले गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेकाे छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # होटल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।