Logo

२०८३, आश्विन ९गते


images
images

बक्स अफिस

बक्स अफिसमा फिल्म 'धुरन्धर' को तुफान : दुई दिनमा कति कमायो ?

बक्स अफिसमा फिल्म 'धुरन्धर' को तुफान : दुई दिनमा कति कमायो ?

images
  • बक्स अफिसमा फिल्म 'धुरन्धर' को तुफान : दुई दिनमा कति कमायो ?
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित फिल्म 'धुरन्धर' ले घरेलु बक्स अफिसमा शानदार शुरुवात गरेको छ ।

    images
    images
    images

    शुक्रवार धुरन्धरले २८ करोड भारु कमाई गरेकोमा दोस्रो दिन शनिवार ३२ करोड कमाई गरेको छ । फिल्मले दुई दिनमा ६० करोड कमाई गरेको छ । फिल्मले आइतवार पनि राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । रणवीर सिंहको 'धुरन्धर' लाई वर्षको सबैभन्दा ठूलो फिल्म मानिएको छ । 

    images
    images
    images

    फिल्ममा रणवीर सिंहसहित संजय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदीको प्रमुख भूमिका रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन् भने फिल्ममा रणवीर सिंहको पनि लगानी रहेको छ । 

    images
    images
    images

    त्यस्तै यस फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले किनेको छ । आधिकारिक ओटीटी रिलीज मिति भने अझै घोषणा गरिएको छैन । यस फिल्मको लागत करिब २२० करोड भारु भएको बताइएको छ । जसमा फिल्मले सिनेमा हल बाहेक विभिन्न अधिकार बिक्री गरेर ११० करोड कमाई गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धुरन्धर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।