काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतवार सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतवार चाँदी तोलाको ३६०५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology