Logo

२०८३, श्रावण ३१गते


images
images

बाढी, पहिरो र बेमौसमी बर्षा पीडितहरुलाई राहत वितरण, रुपन्देहीको देवदह बाँकी

बाढी, पहिरो र बेमौसमी बर्षा पीडितहरुलाई राहत वितरण, रुपन्देहीको देवदह बाँकी

images
  • बाढी, पहिरो र बेमौसमी बर्षा पीडितहरुलाई राहत वितरण, रुपन्देहीको देवदह बाँकी
    images
    images

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढी, पहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तराष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेसनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो ।

    images
    images
    images

    झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत सामाग्री वितरण गरिएको हो ।

    images
    images
    images

    'गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा अहिले रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले जानकारी दिए, ‘अब थोरै स्थानमा मात्र वितरण बाँकी छ, बाँकी स्थानमा सकियो ।’

    images
    images
    images

    बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ ।

    रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए ।

    ‘रेडक्रस, स्थानीय तहले सूचीकृत गरेका पीडितहरुलाई राहत सामाग्री उपलब्ध गरिएको हो,’ बस्यालले भने ।

    एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।

    गृहमन्त्री खाँणले गत कार्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए ।

    तत्कालिन महाशाखा सम्हालेका व्यत्तिहरु भने मन्त्रीले दिएको निर्देशन कार्यन्वयन गर्नुको साटो प्रहरी, सशस्त्र प्रहरी र दमकल सेवाका कर्मचारीलाई आएको तालिममा कहिले भारत त कहिले बेलायत भ्रमणमा व्यस्त बनेका थिए । उनीहरु राहत वितरणको काम राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको हो भन्दै पन्छिदै समेत आएका थिए ।

    त्यसपछि मन्त्री खाँणले चिनेजानेका प्रकोप तथा विपद्का क्षेत्रमा लामो अनुभव प्राप्त गरेका व्यक्तिहरुसँग छलफल अघि बढाएका थिए । गृहमन्त्रीसँग छलफल गरेपछि उनीहरुले चुजी फाउन्डेसनसँग कुरा अघि बढाएका थिए । चुजी फाउण्डेसनले १७ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो र सोही अनुसार उसले उक्त सहयोग उपलब्ध गरिरहेको छ ।

    चुजी फाउण्डेसनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिन भित्र गर्ने लक्ष्य राखिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।