Logo

२०८३, श्रावण ३०गते


images
images

वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

images
  • वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् । यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरेकी थिइन् ।

    images
    images
    images

    सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने उनको भनाइ थियो । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न पनि उनको निर्देशन छ ।  उनले भनिन्- 'म्यानपावर (व्यवसायी) मोटाउने काम मात्र नगरौँ। म्यानपावरलाई सचेत गराउनुपर्‍यो। अलपत्र पार्न भएन।’

    images
    images
    images

    उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्न समेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन्- 'वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुपर्‍यो। तालिम लिनुपर्‍यो। राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुपर्‍यो। सबै कुरा दलाललाई छाडिदिएर हुँदैन।’

    १० हजार रुपैयाँको भौचर लिएर लाखौँ उठाउने प्रवृत्ति पनि नियन्त्रण गर्न निर्देशन दिदै उनले भनिन्- 'दलालले आफ्नो फाइदाका लागि उक्साउँछन्। गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन्। यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन्। यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ।’

    कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।