Logo

२०८३, श्रावण ३०गते


images
images

वैदेशिक रोजगारका क्रममा अस्ताएका छोराको स्मृतिमा  मन्दिर निर्माण 

वैदेशिक रोजगारका क्रममा अस्ताएका छोराको स्मृतिमा  मन्दिर निर्माण 

images
  • वैदेशिक रोजगारका क्रममा अस्ताएका छोराको स्मृतिमा  मन्दिर निर्माण 
    images
    images

    माधव ज्ञवाली गुल्मी। "बा, मैले पेलेनको टिकट काटेँ पर्सीको फ्लाइट छ है ", छोरा मानबहादुरले आजभन्दा ६ बर्ष अगाडि विदेशबाट फोनमा बोलेको बोली सम्झिएर बुवा हुम बहादुर धुरुक्क रोए। मानबहादुर २१-२२ बर्षको कलिलो उमेरमै परिवारको जिम्मेवारी काँधमा बोकेर वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका थिए।

    images
    images
    images


    करिब ३ बर्ष मानबहादुरले  मलेसियामा रातदिन नभनी  कडा मिहिनेत गरे, पसिना बगाए। मानबहादुरले पैसा पनि राम्रै कमाए। तीन बर्षको वैदेशिक रोजगारीबाट बिदामा घर आउने तयारीमा पनि थिए, प्लेनको टिकट काटेर पर्सि घर आउँछु है भनेर घरमा जानकारी गराएका मानबहादुर आउन त आए तर आकाशमा उडेर होइन काठको बाकसमा आए।received_626014722775977.jpeg

    images
    images
    images

    त्यस्तो अविश्वसनीय घटना के कसरी घट्यो भन्नेमा अझै पनि उनको परिवार मात्र हैन सिङ्गो गाउँ नै अचम्मित छ । 
    रुरुक्षेत्र गाउँपालिका वडा न.४ तलिगाउँमा जन्मिएका उनको खास नाम मानबहादुर खत्री भएपनी पेरिफेरीमा सबैले उनलाई कपिल भनेर बोलाउँथे। सहयोगी भावनाका उनी सबैका प्यारा थिए, उनको निधन भएको ६ बर्ष बितिसक्यो तर पनि उनलाई कसैले बिर्सिएका छैनन् ।
    दिवंगत खत्रीको स्मृतिमा  उनको परिवारले अहिले  राधाकृष्ण मन्दिर बनाएको छ। २४ बर्षकै कलिलो उमेरमा निधन भएका खत्रीको सम्झनामा उनको परिवारले वडा न.४ को थुम्कीमा करिब दुई लाख पचास हजार लागतमा मन्दिर निर्माण गरेका हुन् ।

    images
    images
    images

     मन्दिर सङ्गै रु.६५ हजारको लागतमा एउटा टिनले छाएको ओत लाग्ने छाहारी पनि निर्माण गरिएको बुवा हुमबहादुर खत्रीले बताए । "मैले मेरो छोराको स्मृतिमा मन्दिर बनाएँ तर आजका दिनबाट आफ्ना छोराछोरीको अकालमा मृत्यु भएर उनीहरुको स्मृतिमा कसैले पनि कुनै काम गर्न नपरोस् । कसैका छोराछोरीले पनि अकालमा ज्यान नगुमाउन" उनले भने।

    मन्दिरको आज विशेष पुजाआजा एवं भजनकिर्तनको साथ राधाकृष्णको मुर्ति भित्र्याएर उद्घाटन गरिएको छ। सो कार्यक्रममा गाउँका सम्पुर्ण दाजुभाइ र छिमेकीलाई खत्री परिवारले निम्त्याएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।