Logo

२०८३, श्रावण ३०गते


images
images

वैदेशिक रोजगारीमा जादा भिसा र श्रम स्वीकृति बाहेक अन्य कागज नचाहिने

वैदेशिक रोजगारीमा जादा भिसा र श्रम स्वीकृति बाहेक अन्य कागज नचाहिने

भिजिट भिसामा प्रक्रिया सहज बनाइयो
images
  • वैदेशिक रोजगारीमा जादा भिसा र श्रम स्वीकृति बाहेक अन्य कागज नचाहिने
    images
    images

    काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट पारेको छ । विभागले 

    images
    images
    images

    अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकहरूले अनावश्यक रूपमा विल, रसिद वा अन्य थप कागजात बोक्नु नपर्ने विभागले स्पष्ट पारेको हो ।

    images
    images
    images

    वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति, राहदानी जस्ता आधारभूत कागजात भए पुग्ने विभागले स्पष्ट गर्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।

    images
    images
    images

    यस्तै, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका हकमा पनि प्रक्रिया सहज बनाइएको विभागले जनाएको छ । कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने विभागले जनाएको छ ।

    गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार यो व्यवस्था लागू गरिएको जनाउँदै विभागले यात्रुहरूलाई भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी जानकारी पूर्ण रूपमा बुझेर ढुक्कसँग विदेश जान आग्रह गरेको छ । 

    Imigration1775885565.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैदेशिक रोजगार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।