पश्चिम नवलपरासी । नवलपरासी जिल्लाकाे सिमा नाकामा रहेका मदिरा पसल बन्द गरिने भएको छ । भारतमा हुन गईरहेकाे प्रदेशसभाकाे निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै मदिरा पसलहरु बन्द गर्न लागिएकाे हो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले भारतको प्रदेशसभा निर्वाचनको कारण सिमा क्षेत्रमा 'रक्सी पसल' बन्द गर्न लागिएको बताए । निर्वाचनमा भारतियहरुले नेपाल आएर मदिरा सेवन गरि सुरक्षामा चुनाैति थपिने भएकाेले बन्द गर्ने तयारी गरिएको मिश्राले बताए गरिने ।
सिमा देखि ५०० मिटरकाे दुरिमा रहेकाे सबेै मदिरा पसल निर्वाचन समयकाे अवधिसम्म बन्द गरिने हुनेछन् । खास गरि निर्वाचनमा मदिरा सेवन गरि समाजमा हाेहल्ला गर्ने, निर्वाचन अाचारसंहिता बिपरित काम गर्ने, लगायतकमे समस्या नहाेस भनी बन्द गरिने भएकाे हाे ।
भारतमा फेब्रुअरी १० देखि मार्च ७ तारिकसम्म निर्वाचन हुने बताईएकाे छ। निर्वाचन सकिनासाथ पसलहरु पुन:सन्चालनमा ल्याउन पाईने प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology