Logo

२०८३, श्रावण ३०गते


images
images

नेपाल र भारतीय सेनाबीचको 'सुर्य किरण' अभ्यासको १९औँ संस्करण सम्पन्न

नेपाल र भारतीय सेनाबीचको 'सुर्य किरण' अभ्यासको १९औँ संस्करण सम्पन्न

images
  • नेपाल र भारतीय सेनाबीचको 'सुर्य किरण' अभ्यासको १९औँ संस्करण सम्पन्न
    images
    images

    काठमाडौँ । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई मङ्सिर ९ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास 'सुर्य किरण' को १९औँ संस्करण सोमबार सम्पन्न भएको छ । 

    images
    images
    images

    नेपाली सेनाका अनुसार यो अभ्यास सुर्य किरण २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको छ ।

    images
    images
    images

    विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतङ्कवाद, जङ्गल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यास निरीक्षणको लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेसन टिमको नेतृत्व गरी उपरथी अनुप जङ्ग थापा सहभागी भएका थिए । 

    images
    images
    images

    नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ । यस किसिमका संयुक्त सैनिक अभ्यासले मित्रराष्ट्रहरू बिच मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकलदर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।