Logo

२०८३, कार्तिक २९गते


images
images

अन्तर्राष्ट्रिय

भारतको ओडिशामा दुई समुदायबीच झडप : इन्टरनेट बन्द

भारतको ओडिशामा दुई समुदायबीच झडप : इन्टरनेट बन्द

images
  • भारतको ओडिशामा दुई समुदायबीच झडप : इन्टरनेट बन्द
    images

    काठमाडौँ । भारतको ओडिशा मलकानगिरी जिल्लामा दुई समुदायबीच भएको हिंसाका कारण तनाव भएको छ । दुई आदिबासी समुहबीच झडप भएपछि मंगलवार साँझ ६ बजेसम्म इन्टरनेट सेवा बन्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार महिलाको विकृत शव फेला परेपछि दुई गाउँबीच तनाव उत्पन्न भएको थियो । हाल एमभी-२६ र राखेलगुडा गाउँबीच तनाव कायमै छ ।

    images
    images
    images

    राखेलगुडा गाउँकी एक महिला गत हप्ता बेपत्ता भएकी थिइन् । डिसेम्बर ४ मा उनको शव नजिकैको नदीको किनारमा फेला परेको थियो । प्रहरी अनुसन्धान टोली र कुकुर टोलीले महिलाको शवको अन्य भागहरू खोजिरहेका छन् ।

    images
    images

    प्रहरीले महिलाको हत्या घटनामा एक अभियुक्तलाई पक्राउ गरेको छ । स्थानीयहरूले परम्परागत हतियारसहित धेरै ठाउँमा विरोध प्रदर्शन गरेका थिए भने प्रदर्शनकारीहरूले केही घरहरूमा तोडफोड र आगजनी गरेका थिए ।

    ओडिशा गृह विभागद्वारा जारी आदेशमा असामाजिक तत्वहरूले परिस्थितिको फाइदा उठाउन र गलत सूचना फैलाउनबाट रोक्न इन्टरनेट सेवाहरू निलम्बन गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओडिशा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।