काठमाडौँ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासमेत ६ जना र जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्सविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।
मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीप ट्युब वेलको ठेक्कामा ११ लाख ११ हजार ५४४ अनियमितता गरेको भन्दै तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन ईन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्ट तथा जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स र सोका प्रवन्ध निर्देशक शेखर शर्माविरुद्ध मुधा दायर गरेको जनाएको छ ।
अख्तियारले जनही ११ लाख ११ हजार ५४४ बिगो माग गर्दै कानुन अनुसार सजायको माग गरेर विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology