Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

images
  • नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका सव-इन्जिनियरविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डल शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र भएको भन्दै अख्तियारले मुद्धा दायर गरेको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव-इन्जिनियर मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट माध्यमिक (हाईस्कूल) तहको परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग समेतको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरी नियुक्ति लिएको पाइएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

    images
    images
    images

    अनुसन्धानको क्रममा मण्डलले २०६७ को माघ ७ गतेदेखि सहायक सब ओभरसियारमा नियुक्ति लिएर सहायक इन्जिनियरमा बढुवा समेत भएको पाइएको र उनले तलब भत्तासहित ओहदा, लाभ तथा सरकारी सेवा सुबिधा लिएको देखिएको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्जिनियर
  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।