Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं : महेश बस्नेत

ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं : महेश बस्नेत

images
  • ओलीलाई गिरफ्तार गर्ने कुनै पनि चाल सफल हुन दिदैनौं : महेश बस्नेत
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले एमालेको महाधिवेशन भाड्ने षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।

    images
    images
    images

    नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरिएको आरोप लगाउदै महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने र । महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

    images
    images
    images

    उनले नेता इश्वर पोखरेलले ओली आयोगमा बयान लिन किन नगएको भन्ने प्रश्न गरेको र केहि दिन अघि विद्या भण्डारीले प्रधानमन्त्रीलाई भेटेर ओलीलाई पक्राउ गर्ने कुरा गरेकोले सबैले एउटै दिशातिर संकेत गरेको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन् :

    हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो, 'तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो: किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन? म भए जान्थे, उहाँ पनि जानैपर्छ ।' यसबीच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ । २ दिन अगाडि नै पुर्व राष्ट्रपति बिद्या भण्डारी र  प्रधानमन्त्री सुसीला कार्कीबीच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ । हिजै जेनजी समूहको नाममा गरिएको बार्ता र सम्झौताको नाटक, हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको  गलत भ्रम, 'केपी ओली गिरफ्तार' भन्ने मिडिया ट्रायल 

    सबै कुरा एउटै दिशातिर संकेत गर्छन् । उनीहरूको उद्देश्य  हो: महाधिवेशन भाड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने। महाधिवेशनमा चुनाव भएमा सके हराउने नसके भोट घटाउने ।
    तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ।

    पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन । तिमीहरूका हरेक कर्तुत, योजना र खेल अब पूर्ण रूपमा बुझिसकिएको छ । अब सशक्त प्रतिरोध हुनेछ र तिमीहरूको सबै खेल नजन्मदै तुहिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।