काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मुल्य तोलाको ३ हजार ५ सयले बढेर तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिवार सुन तोलाको २ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ३९०५ रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि विहिवार चाँदी तोलाको ३८०५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology