देवदह । देवदहको भलुहीमा नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । संघार समूह भलुहीको आयोजनामा संचालित प्रतियोगितामा १३ टिमले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।
प्रतियोगिताको शनिवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै देवदह-९ का वडा अध्यक्ष मोहन बहादुर जिसीले खेल अब अनुशासन र स्वास्थ्यको लागि मात्र नभइ आफ्नो क्षेत्र र राष्ट्रको लागि खेलिने अवस्था आएको बताए । पछिल्ला दिनमा खेलको क्षेत्रमा देशले उल्लेखनिय प्रगति गरेको उल्लेख गर्दै जिसीले गाउँघरमा हुने सबै प्रतियोगिताले राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य राख्नुपर्ने धारणा राखे ।
कार्यक्रममा जनप्रतिनिधिहरु कृष्णमाया राना, चमकान्त गौडेल, लक्ष्मी विक, अमर लामिछाने लगायतले बोलेका थिए ।
संघार समूहका पुकार केसीको अध्यक्षता रहेको कार्यक्रममा श्याम थापाको स्वागत र कमला अर्यालको संचालन रहेको थियो ।
यसैगरी प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली संघार समूह विजेता भएको छ । भैरव फुटवल क्लब शीतलनगरलाई २-० ले पराजित गर्दै आयोजक टोलीले उद्घाटन खेल जितेको जनैएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology