बुटवल । नेकपा एमाले रुपन्देही सचिव चित्र बहादुर कार्की आज रास्वपा प्रवेश गर्ने भएका छन् । भदौ २४ गते एमाले छोडेको घोषणा गरेका कार्की सैनामैना नगरपालिकाका पूर्व मेयर समेत हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचन जितेर नगर प्रमुख भएका कार्की २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । सैनामैनामा शिक्षण पेशामा रहदा रहदै एमालेको राजनितीमा सक्रिय कार्की एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री रहँदा र सांसद रहँदा लामो समय स्वकीय सचिव रहेर काम गरेका थिए ।
आइतबार सैनामैनामा हुने पार्टी प्रवेश कार्यक्रममा कार्कीलाई स्वागत गर्ने तयारी रहेको रास्वपाले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology