काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुनको मुल्य तोलाको २२ सयले बढेर तोलाको २ लाख ५८ हजार ८ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यसअघि गत असोज ३१ गते सुनको २ लाख ५८ हजार प्रतितोलामा कारोबार भएको थियो । त्यस्तै शुक्रवार सुन तोलाको २ लाख ५६ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८० रुपैयाँले घटेर ३८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रवार चाँदी तोलाको ३९०५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology