Logo

२०८३, आश्विन ११गते


images
images

विश्व बक्सिङ च्याम्पियनसिप

विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक विजेता थापाको भव्य स्वागत

विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक विजेता थापाको भव्य स्वागत

images
  • विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक काश्य पदक विजेता थापाको भव्य स्वागत
    images
    images

    काठमाडौँ । युएइमा डिसेम्बर ३ देखि १४ तारिखसम्म भएको आईबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कांस्य पदक विजेता चन्द्रबहादुर थापासहितको टोलीलाई भब्य स्वागत गरिएको छ । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव राम चरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल प्रहरीका उच्चपदस्थ पदाधिकारी, नेपाल बक्सिङ महासंघका पदाधिकारी, राष्ट्रिय खेलकुद संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले टोलीलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    बक्सिङको वर्ल्ड च्याम्पियनसिपमा नेपालले जित्न लागेको यो पहिलो पदक बनेको छ । ऐतिहासिक सफलतासामु पुग्ने क्रममा चन्द्रले ५४ केजी तौल समूहका इरानी बक्सर मेहदी काजेमीलाई युनानिमाउस डिसिजनका आधारमा ५: ० ले पराजित गर्दै अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा नेपालले उपस्थितिलाई गर्विलो बनाएका छन् । 

    images
    images
    images

    यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल स्थान बनाएका थिए ।  प्रतियोगिताको सेमिफाइनलमा उनी काजकस्तानका खेलाडी विवोसिनोसँग ५-० को स्कोरमा पराजित हुँदै चौथो स्थानमा सीमित भएका थिए । यससँगै उनले ७५ हजार अमेरिकन डलर (अमेरिकी डलर) हात पारेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।