Logo

२०८३, श्रावण २७गते


images
images

थाेर्गेली पाहुर खुदाे र गुँड 

थाेर्गेली पाहुर खुदाे र गुँड 

images
  • सेतोमसी सहकर्मी
  • थाेर्गेली पाहुर खुदाे र गुँड 
    images
    images

    कृष्ण अन्जान, रुरु । गुल्मी जिल्लाकाे थाेर्गा गाउँकाे नाम लिने बित्तिकै यहाँकाे खुदाे र गुँड सम्झेर हरकाेहिकाे मुख रसाउँछ ।
         
        
    याे गाउँबाट काेहि शहर झर्न थाल्याे भने दुईचार किलाे गुँड र दुई तीन माना खुदाे ल्याईदिन भन्नेहरु धेरै हुन्छन । हुनपनि थाेर्गाकाे गुँड र खुदाे  असाध्यै स्वादिलो मात्र हाेईन स्वास्थकर पनि छ ।
       
         
    थाेर्गामा करिव दुई शताव्दि अगाडी उँखु खेति शुरु भएसँगै खुदाे र गुँडकाे ईतिहास पनि शुरु भएकाे याे क्षेत्रका जानकारहरुकाे धारणा छ ।
        

    images
    images
    images

    पाल्पाको गाेठादीबाट पुर्खाले ल्याएर राेपेकाे उँखुडि जातकाे उँखुनै थाेर्गा भित्रिएकाे पहिलो उँखुकाे जात र उँखुखेतिकाे शुरुवात मानिन्छ ।
        

    images
    images
    images

    त्यसपछि बिस्तारै गावैँभरि उँखु खेति गर्न थालियाे । शुरुमा काठकाे काेल त्यसपछि फलामकाे काेल र पछिल्लो चरणमा अत्याधुनिक मेसिनबाट उँखु पेल्ने, खुदाे पकाउने र गुँड पार्ने काम गरिन थालेकाे छ ।

    images
    images
    images


    अघिल्लाे चरणमा थाेर्गामा उँखु खेति नहुने घरै थिएनन । महिनौँ दिन उँखु पेल्ने खुदाे पकाउने र गुँड पार्ने काम हुने गरेकाे सम्झना गर्छन रुरुक्षेत्र ३ फल्लेखर्कका कृष्णराज ज्ञवाली ।
       
         
    पछि गाउँबाट बसाई सराई भएपछि उँखु खेतिमा कमि आउँदै गर्दा प्रधानमन्त्री  कृषि आधुनिकि करण परियाेजना मार्फत सन्चालित उँखु ब्लक कार्यक्रमले फेरी थाेर्गा गाउँमा व्यवसायीक रुपमा उँखु खुदाे र गुँड उत्पादन शुरुमात्र भएन यतिबेला थाेर्गेलि गुँड ब्रान्डेड बन्न पुगेकाे छ ।
       

    हामीले किसानलाई उँखु उत्पादनका लागि हरेक पक्षबाट सहयोग अनुदानकाे व्यवस्था सँगै व्यवसायीक बन्न सिकाउने प्रयास गरेका छौँ उँखु ब्लक सन्चालक समितिका सँयाेजक हुतराज गौतमले भने ।
        
       
    याे क्षेत्रमा माघदेखि बैशाख सम्म उँखु पेल्ने सिजन हाे । गुँड  भने वर्षै भरि पारेर बेचिन्छ ।
      
        
    अघिल्लाे समयमा थाेर्गा गाउँमा गुल्मीको पुर्वि भेग पर्वत बाग्लुङ म्याग्दीबाट समेत टिन बाेकेर खुदाे खरिद गर्न अाउने गरेकाे र बासै बसेर थाेर्गेली खुदाे खरिद गरेर लाने गरेकाे रुरुक्षेत्र ३ का कुलराज गौतमलाई सम्झना छ ।
        
         
    यतिबेला थाेर्गा गाउँका चाेलानाथ ज्ञवाली,ईन्दुवर ज्ञवाली, रामचन्द्र ज्ञवाली, लेखनाथ ज्ञवाली, दिल बहादुर क्षत्रि,  देवेन्द्र गौतम  लगायतका थाेर्गेलिहरु व्यवसायीक रुपले गुँड उत्पादनमा जुटिरहेका छन ।
         

    मुख्यतया थाेर्गामा यतिबेला चार प्रकारका गुँड उत्पादन हुने गरेकाे पाईएकाे छ । फसफसे, चाम्रे मसालेदार र हाडे गुँड थाेर्गाका चलन चल्तिका उत्पादित गुँडहरु हुन ।
        
       
    थाेर्गामा उत्पादित गुँड बजार क्षेत्रमा पनि पुग्ने गरेकाे र अत्यधिक माग बढेको तर तराईतिरकाे भेलि मिसाएर थाेर्गा भन्दा बाहिरका गुँड व्यापारीहरुले थाेर्गेली गुँड भन्दै बिक्री गर्दा हाम्रो उत्पादनलाई समेत अप्ठ्याराे परेकाे छ र सरकारले गुणस्तर जाँचकाे व्यवस्था गर्नु पर्ने भनाई थाेर्गाका व्यवसायीक गुँड उत्पादक इन्दुवर ज्ञवालीकाे गुनासाे छ ।
        
        
    तानसेन माेटर बाटाेकाे पानिटँकी बाट छिरेपछि थाेर्गा गाउँकाे पाेख्रेल टाेला क्षेत्रका चाेलानाथ ज्ञवालीकाे घरदेखी देउखुरी देवेन्द्र गौतम सम्मका घरहरुमा थाेर्गेली गुँड र खुदाे किन्न पाईन्छ ।
        
        
    यहाँ उत्पादित गुँड खुदाे अर्गानिक भएकाले मधुमेहका राेगि हरुले पनि उपभाेग गर्न सक्ने र थाईराईड खाेकि लगाएतलाई गुँड र खुदाे रामबाण रुपि अाैषधिकाे रुपमा प्रयाेग हुने गरेकाे छ ।
        
       
    आजभाेली शहर तिर पलायन भएका छाेरा बुहारी घरजम गरेका छाेरी हरुलाई भेट्न जाँदा बा अामा दाजु भाई अाफन्तले राेटा पकाएर लाने चलन हराएको छ र गुँडका पाेका पाहुरकाे रुपमा लाने गरिएकाे छ ।
          

    आउनुस तपाईं पनि थाेर्गा गाउँकाे खुदाे गुँड खान र पाहुर लान ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।