Logo

२०८३, कार्तिक २९गते


images
images

केन्द्रीय सदस्यमा पराजित भएपछि ठम्मर विष्टले छोडे एमाले

केन्द्रीय सदस्यमा पराजित भएपछि ठम्मर विष्टले छोडे एमाले

images
  • केन्द्रीय सदस्यमा पराजित भएपछि ठम्मर विष्टले छोडे एमाले
    images

    काठमाडौँ । नेकपा एमाले नेता ठम्मर विष्टले केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी परित्याग गरेका छन् ।

    images
    images
    images

    एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै राजीनामा दिएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य-मान्यतामा गम्भीर विचलन रहेको राजीनामामा उल्लेख गरेका छन् ।

    images
    images
    images

    उनले मङ्सिर २४ गते केपी शर्मा ओलीलाई भेट्दा एउटा दासले मालिकको व्यवहार जस्तो उल्लेख गर्दै आफुलाई सम्मानित अध्यक्षको अगाडी छु वा कुनैं मालिकको अगाडी क्षमा दानको लागी बिन्ती बिसाउन उपस्थित भएको छु भन्ने अनुभूति भएको लेखेका छन् । 

    images
    images

    विष्टले ओली सरकारमा रहेको समयमा देशमा भएको ध्वंशात्मक मानवीय र भौतिक क्षतिको जवाफ दिनु पर्नेमा उल्टै अधिनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरिरहेको आरोप लगाउदै ओली पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनै लयमा नदेखिएको बताएका छन् । 

    उनले ओली व्यक्तिवादी अराजकतातिर गैरहेको भन्दै ओलीको बेलगाम अभियानलाई प्रकारान्तरले संस्थागत गर्ने कामकै पक्षपोषण र भबिस्यमा समेत रुपान्तरणको कुनै गुन्जायस नदिएको बताएका छन् ।

    उनले  पार्टी नेतृत्व भावना, बिचार र मुल्य मान्यतावाट पुरै स्खलीत भएको अवस्थामा यस संस्थामा रहेर बाँकी आफनो समय बर्बाद हुने, जनता प्रति उत्तरदायी बन्न नसकिने र पुर्ण रुपेण आदर्श मुल्य मान्यतावाट च्युत हुदै जादा संस्थागत मात्र नभई ब्यक्तिगत रुपमा समेत जन कठघरामा ढिलो छिटो जवाफदेही हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुने भएकाले पार्टीमा सम्पुर्ण जिम्मेवारीसहित पार्टी सदस्यवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ठम्मर विष्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।