सृजना सेन, प्यूठान । स्वर्गद्वारी नगरपालिकामा भारतबाट फर्किएका एक व्यक्तिको मृत्यु भएको छ । एकसाता अघि भारतबाट फर्किएका स्वर्गद्वारी नगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिनुभयो ।
पहिले परीक्षण भएको थिएन, उहाँले भन्नुभयो, अहिले परीक्षण गर्दा कोभिड प्रमाणीत भयो । शवको पोष्ट मार्टम गर्नका लागि कोभिड परीक्षण गरिएको थियो । विरामी भएपनि जानकारी नगराएको र पछि मृत्यु भइसकेपछि मात्र जानकारी आएको समेत केसीले बताउनुभएको छ ।
शवको व्यवस्थापन सेनाले गर्ने तयारी भइरहेको छ । यो सँगै प्यूठानमा पछिल्लो लहरमा कोरोना भाइरसका कारण मृत्यू हुनेको संख्या ६ जना पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology