Logo

२०८३, श्रावण ३०गते


images
images

मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलमा बरामद

मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलमा बरामद

images
  • मलद्वारमा लुकाएर ल्याएको १ किलो ५५ ग्राम सुन विमानस्थलमा बरामद
    images
    images

    काठमाडौं । दुबईबाट काठमाडौं फर्केका एकजनाले मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका छन् । बेलनाकार बनाएको अर्धठोस सुनसहित उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।

    images
    images
    images


    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भएका ३९ वर्षका दावाछिरिङ शेर्पा छन् । बुधवार उनी एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका थिए ।  ५० ग्रामको दरले सुन लिएर आएका थप दुई जनालाई पक्राउ पनि गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले संचारमाध्यमलाई बताए ।

    images
    images
    images


    ५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन् । हिमालय एयरलाइन्सबाट काठमाडौं आएका सुनिलकुमार शाहको साथबाट प्रहरीले ४ थान आइफोन पनि बरामद गरेको छ । उनीहरुलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी ढकालले बताए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।