Logo

२०८३, श्रावण ३०गते


images
images

स्थापना दिवसको शुभकामना दिँदै प्रदेश प्रमुख शेरचनले भने प्रदेशसभा क्रियाशिल हुनुपर्छ

स्थापना दिवसको शुभकामना दिँदै प्रदेश प्रमुख शेरचनले भने प्रदेशसभा क्रियाशिल हुनुपर्छ

images
  • स्थापना दिवसको शुभकामना दिँदै प्रदेश प्रमुख शेरचनले भने प्रदेशसभा क्रियाशिल हुनुपर्छ
    फाइल फोटो
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशमा प्रमुख अमिक शेरचनले प्रदेशसभा स्थापना दिवसको शुभकामना दिएका छन् । एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा क्रियाशिल बनाउन सुझाएका छन् ।

    images
    images
    images


    प्रदेशसभा साझा संस्था भएकोले यसलाई क्रियाशील बनाउँदै जनताका दुःख, पीर, मर्का र भावनालाई प्रदेशसभामा उठाउनु, जनताका मुद्दामा केन्द्रीत हुनु, राष्ट्रियता र सार्वभौम राष्ट्रिय अखण्डमा कुनैपनि कोणहरुबाट आँच आउन नदिनु, देश र जनताका पक्षमा समर्पित भएर लाग्नु प्रदेश सभा सदस्यहरुको पहिलो कर्तव्य र दायित्व भएको प्रमुख शेरचनको भनाइ छ । 

    images
    images
    images


    लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अबरोध गर्दै आएको प्रती लक्षित गर्दै प्रमुख शेरचनले लोकतन्त्रमा विश्वास राख्ने दल र जनताबाट चुनिएर आएका प्रतिनीधिहरुले प्रदेशसभाको मर्यादालाई उच्च राख्दै संघीय गणतन्त्र सहितको संविधान कार्यान्वयनमा मर्यादितभै लाग्नु पर्ने बताएका छन् । प्रदेश सभालाई जीवन्त, गतिशील, प्रभावकारी र जनउत्तरदायी बनाउँदै विधि र नीतिको प्रक्रियागत पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    images
    images
    images


    राजनीतिक सहमति र सहकार्यलाई महत्व दिंदै प्रदेशसभालाई विधि र विधान बमोजिम सञ्चालन गर्नमा सबैको साझा भूमिका हुनु जरुरी रहेको उल्लेख गर्दै प्रमुख शेरचनले भनेका छन्, "जनतामा निहित सार्वभौमसत्ताको प्रयोगलाई व्यवहारिक रुप दिने प्रदेश सभाका सांसदहरु सबैभन्दा बढी अनुशासित, जनताप्रति उत्तरदायी, लोकतन्त्रप्रति इमान्दर र निष्ठावान हुन र बन्न सक्नुपर्दछ ।"


    प्रदेश सभामा आवद्ध सबैमा दृढ इच्छाशक्ति र गहिरो प्रतिबद्दता आवश्यक बताउँदै शेरचनले जनभावनामा ठेस नलाग्ने गरी प्रदेशको विकास र एकतामा मुखरित हुन प्रदेशसभा दिवसको अवसरमा आह्वान गरेका छन् ।


    २०७४ माघ २१ गते लुम्विनी प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई  लुम्बिनी प्रदेशसभाले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । कोभिड महामारीका कारण भर्चुवल माध्यमबाट प्रदेशसभा स्थापना दिवस मनाउने प्रदेशसभा सचिवालयले जनाएको छ ।  received_509256327539433.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।