Logo

२०८३, आश्विन १७गते


images
images

संबैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सांसदको रिटको पेसी संबैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सांसदको रिटको पेसी संबैधानिक इजलासमा

images
  • प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सांसदको रिटको पेसी संबैधानिक इजलासमा
    images
    images

    काठमाडौँ । प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै काँगेसका सांसदहरुले पेश गरेको रिटको आज संबैधानिक इजलासमा पेसी तोकिएको छ । 

    images
    images
    images

    काँग्रेसका ६५ सांसदले यसअघि कांग्रेसका तर्फबाट श्याम घिमिरेसमेतले दायर गरेको रिट निवेदनमा सरिक हुन माग गर्दै बुधवार निवेदन पेश गरेका थिए ।

    images
    images
    images

    सो रिट आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको संबैधानिक इजलासमा पेसी तोकिएको हो । 

    images
    images
    images

    आजको संवैधानिक इजलासले साथै राख्ने आदेश गरेपछि उनीहरूको निवेदन पनि एकै ठाउँमा राखेर सुनुवाइ हुने बताइएको छ ।

    यसअघि मंसिर २३ गते पेस भएको रिटमा घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन, सीता राना, नागिना यादव, शान्ति विक र आशा विक थिए । सो रिटमा सर्वोच्चको संबैधानिक इजलासले पुस २ मा कारण देखाउ आदेश दिएको थियो । सर्वोच्चले यस रिटमा लगाबमा राख्न आदेश दिदै प्रतिनिधिसभा विघटनविरुद्धको सबै रिटलाई एकैपटक सुनुवाइ गर्ने भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।