Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मी  रेसुङ्गाको हिउँमा रमाउदै आन्तरिक पर्यटक 

गुल्मी  रेसुङ्गाको हिउँमा रमाउदै आन्तरिक पर्यटक 

images
  • गुल्मी  रेसुङ्गाको हिउँमा रमाउदै आन्तरिक पर्यटक 
    images
    images

    अनिष पन्थी,गुल्मी । गुल्मीको धार्मिक ,पर्यटकीय एवं ऎतिहासिक स्थल रेसुङ्गामा हिउँ परेसङ्गै  आन्तरिक पर्यटक हिउँमा रमाएका छन ।
     
    बिहीवार रातिदेखि परेको पानीसँगै रेसुङ्गामा हिउँ परेपछि  हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको छ । हिउँ हेर्नकै लागि गुल्मी सहितका छिमेकी जिल्लाहरु बाट समेत पर्यटक भित्रीएका छन ।

    images
    images
    images

    सनिवारको दिन भएको कारणले धेरैको कार्यालय बिदा हुने र फुर्सद हुने भएकाले अन्य दिनको तुलनामा सनिवार पर्यटन धेरै पुगेको बताइएको छ ।
    आइतबार पनि मानिसहरू हिउँमा खेल्न मनोरञ्जन लिन त्यहा पुगेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेस चन्द्र भुषालले बताए । 
    प्रत्येक बर्षको साउन महिना भर रेसुङ्गामा मेला लाग्दै आए पनि यो बर्ष कोरोनाको जोखिमले मेला लाग्न पाएको थिएन ।हिउँ परेसङ्गै साउन महिनामा भन्दा यसपटक पर्यटक धेरै भित्रीएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुषालको भनाइ छ ।

    images
    images
    images

    स्वास्थ्यले साथ दिएसम्म र भ्याएसम्म एक पटक रेसुङ्गामा आउन अध्यक्ष भुषालले आग्रह समेत  गरेका छन ।

    images
    images
    images

    सदरमुकाम तम्घास बाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घासका सहित आसपासका  स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । 
    कठिन जाडोमा पनि हिउँ सङ्गै रमाउन र खेल्न पाउँदा खुसी लागेको त्यहा पुगेका स्थानीय पर्यटक सुदिप खत्रीले बताए ।पहिलाको तुलनामा बाक्लो हिउँ परेको र आकर्षक समेत रहेको कारणले आफू पनि रेसुङ्गा आएको खत्रीले बताए ।

    जिल्लाको रेसुङ्गा सहित  मदाने, सालिमेदह  लगायतका उच्च पहाडी स्थानमा हिमपात भएसङ्गै अन्य स्थानमा पनि पर्यटकको आकर्षक बढेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # हिउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।