Logo

२०८३, आश्विन ३गते


images
images

बलिउड

भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म 'होमबाउन्ड' लाई लाग्यो चोरीको आरोप

भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म 'होमबाउन्ड' लाई लाग्यो चोरीको आरोप

images
  • भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म 'होमबाउन्ड' लाई लाग्यो चोरीको आरोप
    images
    images

    काठमाडौँ । भारतको ओस्कारमा मनोनित फिल्म 'होमबाउन्ड' लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक 'होमबाउन्ड' बाट साहित्यिक चोरीको आरोपमा करण जोहरको धर्मा प्रोडक्सन र नेटफ्लिक्स इन्डियाविरुद्ध मुद्दा दायर गरेकी छिन् ।

    images
    images
    images

    पूजाले फिल्मको शीर्षक उनको पुस्तकसँग मिल्दोजुल्दो भएको दाबी गरेकी छिन् । दृश्य, संवाद, कथा संरचना, र घटनाहरूको क्रम पनि पुस्तकबाट प्रतिलिपि गरिएको दाबि छ । दुवै कथाहरू कोभिड-१९ को समयमा मजदुरहरूको बसाइँसराइमा आधारित छन् । उनले अक्टोबर १५ मा कानुनी सूचना पठाएकी थिइन्, तर निर्माताहरूले यसलाई बेवास्ता गरेका थिए ।

    images
    images
    images

    पूजाले बम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया शुरु भएको बताएकी छन् । उनले अब औपचारिक कानुनी कार्यवाही सुरु गरेर मुद्दालाई अगाडि बढाएकी छिन् । उनले वाणिज्य अदालत ऐन, २०१५ को धारा १२ए अन्तर्गत महाराष्ट्र राज्य कानूनी सेवा प्राधिकरणमा निवेदन दर्ता गरेकी छिन् । जसलाई बम्बई उच्च अदालतमा मुद्दा दायर गर्नु अघि आवश्यक पर्ने अनिवार्य पूर्व-संस्था मध्यस्थता प्रक्रिया मानिन्छ ।

    images
    images
    images

    उनी फिल्मको वितरणमा प्रतिबन्ध, प्रतिलिपि गरिएको सामग्री हटाउन, शीर्षक परिवर्तन र क्षतिपूर्ति माग गर्दै छिन् । उनले फिल्मको पटकथा उनको पुस्तकको एक वर्ष पछि २०२२ मा लेखिएको थियो, यो संयोग हुन सक्दैन ।

    धर्म प्रोडक्सनले यो मुद्दा कानुनी माध्यमबाट समाधान भइरहेको बताएको छ । फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् । नीरज घायवानद्वारा निर्देशित यो फिल्म शीर्ष १५ ओस्करको लागि सर्टलिस्ट गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होमबाउन्ड
  • # ओस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।