Logo

२०८३, आश्विन ३गते


images
images

चलचित्र

भारतबाट ओस्कारमा पठाइयो मराठी चलचित्र ‘गोँधल’

भारतबाट ओस्कारमा पठाइयो मराठी चलचित्र ‘गोँधल’

images
  • भारतबाट ओस्कारमा पठाइयो मराठी चलचित्र ‘गोँधल’
    images
    images

    काठमाडौँ । भारतबाट मराठी चलचित्र ‘गोँधल’लाई अस्कर २०२७ का लागि आधिकारिक चलचित्रका रूपमा छनोट गरिएको छ । भारतीय चलचित्र महासंघले शुक्रबार यसको जानकारी दिएको हो ।

    images
    images
    images

    सन्तोष दवखरले लेखन, निर्देशन तथा निर्माण गरेको चलचित्र गत वर्ष नोभेम्बर १४ मा प्रदर्शनमा आएको थियो । महाराष्ट्रको ग्रामीण परिवेशमा आधारित चलचित्रको कथा नवविवाहित जोडीसँग सम्बन्धित परम्परागत संस्कारको एक रात वरिपरि घुमेको छ ।

    images
    images
    images

    अस्कर २०२७ का लागि भारतबाट ३३ चलचित्र प्रतिस्पर्धामा थिए। तीमध्ये १४ हिन्दी, चार–चार मराठी, तेलुगु र गुजराती, तीन तमिल तथा एक–एक मलयालम र नागामीज भाषाका चलचित्र थिए। प्रतिस्पर्धामा एउटा मौन चलचित्रसमेत समावेश थियो ।

    images
    images
    images

    छनोट समितिका अध्यक्ष पी. शेषाद्रीका अनुसार ३३ चलचित्रमध्ये ‘गोँधल’लाई भारतको आधिकारिक छनोटका रूपमा चयन गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओस्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।